तकलिङ-पेशोक समष्टिमा हाम्रो पार्टीको श्रमिक सङ्गठन गठन

दार्जिलिङ : तकलिङ पेशोक समष्टिमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको सभा किरण राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा तकलिङ पेशोक समष्टि अन्तर्गत शाखा-प्रशाखाका नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा तकलिङ पेशोक समष्टिमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटिको गठन गरियो, जसमा सर्वसहमति अनुसार अध्यक्ष ध्रुव तामाङलाई, सचिव दिनेश सुब्बालाई चयन गरियो भने सल्लाकारको रूपमा सन्तोष गुरूङ, रूपक तामाङ, उदस तामाङ, नगेन गुरूङ, डम्बर छेत्री, गोपाल छेत्री, गणेश छेत्री, रन्जना छेत्री, उर्गेन तामाङ ,प्रितिका छेत्रीलाई चयन गरिएको छ। सभामा व्यापक चर्चा-परिचर्चा गरेपछि चिया श्रमिकहरूको पक्षमा नयाँ कमिटीले काम गर्ने संकल्प लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *