तकलिङ-पेशोक समष्टिको मंगमायामा हाम्रो पार्टी-को शाखा गठन

तकदाह: हाम्रो पार्टीको साङ्गठनिक सभा आज रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने तकलिङ-पेशोक समष्टिको अप्पर छोटा मंगमाया लेक गाउँमा सम्पन्न भयो। यस सभामा साङ्गठनिक विषयमा चर्चा-परिचर्चा गर्नको साथै हाम्रो पार्टी-को मंगमाया शाखा समिति गठन गरियो। उक्त समितिमा सभापति अनिल तामाङ, उप-सभापति श्रीमती सरस्वती छेत्रीर श्रीमती अरुणा सुब्बा, सचिव इस्माइल थामी, उप-सचिव उज्जवल सुब्बा, कोषाध्यक्ष सन्तोष छेत्री अनि प्रमुख सल्लाहकारका रूपमा मित्रे थामी र सुरज छेत्रीलाई छनौट गरियो। सभामा चयनित पदादिकारीगण तथा सदस्यहरुले अबोप्रान्त सबै मिलेर अनि इमान्दारिताको साथमा हाम्रो पार्टी-मा खटेर निष्ठापूर्वक काम गर्ने वचन दिनको साथै शाखालाई सुदृढ पार्न जमर्को कसेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *