तकलिङ पेशोक समष्टिबाट गोरामुमो र भागोप्रमो-का समर्थकहरू हाम्रो पार्टी-मा सामेल

तकदाह : तकलिङ पेशोक समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि गोरामुमोका नेताहरू सहित समर्थकहरू पार्टी त्यागेर हाम्रो पार्टीमा सामेल भएका छन्। तकलिङ पेशोक समष्टि अन्तर्गत पर्ने बडामनमायाको स्कुल भवन परिसरमा आयोजित हाम्रो पार्टीको एउटा कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका धिरज घिसिङ लगायत तिनका समर्थकहरू अनि गोरामुमो नेता अमोस राई लगायत तिनका समर्थकहरू हाम्रो पार्टीमा सामेल भए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले तिनीहरूलाई पार्टीको झण्डा दिएर आफ्नो दलमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *