तक्लिङ पेशोकका 15 घरले अनित थापालाई सघाउने

पेशोक: तक्लिङ पेशोक क्षेत्रका 15 घर तृणमूल अनि गोरामुमोका समर्थकहरुले भानु दोङको नेतृत्वमा यसपालीको विधानसभा चुनाउमा अनित थापाको उम्मेदवार छिरिङ दाहाल लाई जिताउन सघाउने घोषणा गरेको छ। आज खरसाङमा पत्रकारहरुलाई डाकेर उक्त समर्थनको घोषणा भानु दोङले गरे। तिनले बताए अनुसार अनित थापाले गरेको विकास मुलुक कार्यहरुले नै आफूलाई आकर्षित गरेको अनि अहिलेको समयमा अनित थापालाई समर्थन दिनु नै पहाडको हितमा रहेको तिनले दावी गरे। यो समर्थन झण्डा परिवर्तनको नभएर आफ्नै पार्टीमा रहेर नयाँ सोच अनि नयाँ विचारलाई आगामी चुनाउमा समर्थन दिएको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *