‘टक टु चेयरम्यान’ सेवा आजदेखि शुरू

सिलगढी: सिलगढी नगर निगमले सहरका मानिसहरूसित सम्पर्क बढाउने उद्देश्य लिएर टक टु चेयरम्यान सेवा आजदेखि शुरू गरेको छ। आज पहिलो दिन विविध समस्याहरू लिएर 29 जना व्यक्तिले चेयरम्यान गौतम देवसित फोनमार्फत सम्पर्क गरे। तिनीहरूको कुरा सुनेपछि प्रतिउत्तरमा चेयरम्यान गौतम देवले समस्याहरूको चाँडै समादान गरिदिने आश्वासन दिए। आज विशेष गरेर पिउने पानीको समस्यालाई लिएर चेयरम्यानलाई फोनमार्फत मानिसहरूले गुनासो पोखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *