‘टक टु मेयर’ कार्यक्रमको 50औँ एपिसोडमा मेयरले दर्शकहरूसित सोझै सम्पर्क गर्ने

सिलगढी : टक टु मेयर कार्यक्रमको 47औँ एपिसोडमा सिलगढीका मेयर गौतम देवले 35 जना सहरवासीको समस्याहरू सुने। यस अवधि मेयरले भने, चाँडै नै उक्त कार्यक्रमको 50औँ एपिसोडमा दर्शकहरूसित सोझै सम्पर्क गर्नेछु। केही मानिसहरूले अन्य दिन झैँ आज पनि आफ्नो क्षेत्रको विविध समस्याहरू मेयरलाई सुनाए। उक्त समस्याहरू सुनेपछि मेयरले समस्याको समाधान गरिदिने आश्वासन दिए। मानिसहरूको सहयोगले गर्दा नै टक टु मेयर कार्यक्रम सफल भएको छ। तथापि, पहिलाको नगरनिगम बोर्डले यस प्रकारको कार्यक्रमको आयोजना गरे तापनि केही दिनसम्म मात्र चल्यो। चाँडै नै टक टु मेयर कार्यक्रमको 50औँ एपिसोड आयोजित गरिनेछ। त्यस दिन सहरवासीहरूले आफ्ना क्षेत्रको सुविधा तथा असुविधाहरू सोझै आफू समक्ष राख्न सक्नेछन्। यसको साथै आगामी दिनमा अझ राम्रो तरिकाले जनता समक्ष कसरी पुग्न सकिन्छ भन्ने बारेमा सुझाउ पनि लिने मेयरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *