‘टक टु मेयर’ कार्यक्रमको रिपोर्ट कार्ड पेश गर्यो मेयर गौतम देवले

सिलगढी : सिलगढीवासीको अभियोग, समस्या सुन्नको लागि मेयर गौतम देवले टक टु मेयर परिसेवा शुरू गरेका थिए। मेयर देवले आज लगभग 1 वर्षको रिपोर्ट कार्ड पेश गरेका छन्। सिलगढी नगरनिगममा टक टु मेयर परिसेवा अन्तर्गत कति अभियोग तथा समस्याहरू आएको थियो साथै ती समस्याहरू कतिको समाधान गरियो भन्ने विषयमा मेयरले आज एउटा रिपोर्ट कार्ड प्रकाशित गरे। पुस्तकको रूपमा उक्त रिपोर्ट कार्ड नगरनिगम तथा बोरो कार्यालयहरूमा उपलब्ध रहनेछ। यसको साथै उक्त रिपोर्ट कार्ड नगरनिगमको वेबसाइटमा पनि उपलब्ध गराइनेछ। गौतम देवले 3 दिन प्रशासकको रूपमा अनि 22 दिन मेयरको रूपमा टक टु मेयर-मार्फत् मानिसहरूसित कुराकानी गरेका थिए। 25 दिनमा मोठ 580 वटा समस्याहरू सुनेपछि 60.51 प्रतिशत समस्याहरूको समाधान गरिसकेको छ। मेयर गौतम देवले बताएअनुसार 25 प्रतिशत समस्याको समाधान गरिरहेको छ। आर्थिक तथा अन्य समस्याहरूले गर्दा केही कामहरू थाँतीमा रहेको छ। नगरनिगमको व्हाट्सएप नम्बरमा प्राप्त अधिकांश अभियोगहरूको समाधान गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *