‘टक टु एसजेडीए’ परिसेवाको पहिलो दिन चेयरम्यान सौरभ चक्रवर्तीले सुने मानिसहरूको समस्या

सिलगढी : साधारण मानिसहरूको विविध समस्याहरू सुन्नको लागि अब टक टु एसजेडीए परिसेवा शुरू गरिएको छ। उक्त परिसेवाको लागि एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्तीले हिजो एउटा व्हाट्सएप नम्बर जारी गरेको थियो भने आजदेखि उक्त परिसेवा शुरू गरिएको छ। आज धेरैजना मानिसहरूले उक्त व्हाट्सएप नम्बरमार्फत् आफ्नो विविध समस्याबारे जानकारी गराए। अभियोगको महत्वलाई ध्यानमा राखेर चेयरम्यान स्वयम्‌ले ती मानिसहरूसित फोनमार्फत्  सम्पर्क गरेर तिनीहरूको समस्याहरू सुने। यसको साथै तिनले उक्त समस्याको समाधान गरिदिने आश्वासन पनि दिए। यस सम्बन्धमा सौरभ चक्रवर्तीले भने, हालसम्म 14 जना मानिसहरूले उक्त व्हाट्सएप नम्बर मार्फत् आफ्नो समस्याहरू व्यक्त गरे भने केही मानिसहरूले फोनमार्फत् पनि आफ्नो समस्याहरू सुनाए। सोमबारदेखि शनिबारसम्म व्हाट्सएपमा सबै म्यासेजहरूको जाँच गरेपछि आइतबारको दिन ती नागरिकहरूसित चर्चा गरेर ती समस्याहरूको समाधानको प्रयास गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *