तालमा नदीमा पुल निर्माण कार्यको विधायक खगेश्वर रायले गरे शिलान्यास

राजगञ्ज (निसं): राजगञ्जका विधायक खगेश्वर रायले आज नयाँ पुलको निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लकको बेलाकोवा संलग्न शिकारपुर ग्राम पञ्चायतको सरकारपाडा इलाकाको तलमा नदीमा उक्त पुल निर्माण गरिनेछ।  यो पुल उत्तरबंग विकास विभागको सहयोग लगभग 2 करोड 66 लाख रुपियाँको लागतमा निर्माण गरिनेछ भने आज विधायक खगेश्वर रायले उक्त पुल निर्माण कार्यको शिलान्यास गरे। यस सम्बन्धमा विधायक खगेश्वर रायले तालमा नदीमा राजगञ्ज विधानसभा इलाकाको सरकारपाडा र फटिङ्गा लाइन इलाकालाई जोड्ने पुलको लामो समयदेखि माग गरिरहेको थियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रेरणा तथा उत्तरबंग विभागको सहयोगमा आज उक्त पुलको निर्माण कार्यको शिलान्यास गरिएको हो। उक्त पुल निर्माण भएपछि इलाकाका मानिसहरूलाई निक्कै फाइदा पुग्नेछ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, राजगञ्जका बीडीओ प्रशान्त बर्मन, जिल्ला परिषदका सदस्य रणबीर मजुमदार, अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *