तामाङ समुदायका मानिसहरूद्वारा मिरिकमा सोनाम ल्होछार पालन

मिरिक: मिरिक महकुमा क्षेत्रमा पनि आज तामाङ नयाँ वर्ष सोनाम ल्होसार पर्व तामाङ समुदायका मानिसहरूले पालन गरे। अखिल भारतीय तामाङ बौद्ध सङ्घ केन्द्रीय समितिका महासचिव एमके योञ्जनले सोनाम ल्होसार तामाङ सन्तानले उत्साहपूर्वक पालन गर्ने गरेको जानकारी गराउँदै आजदेखि बाघ बर्ष शुरू भएको अवगत गराए। तिनले यस अवसरमा ठुडा-बडाहरूकोबाट आशिर्वाद लिनको साथै बौद्ध परम्परा अनुसार पूजा अर्चना गरिने बताए। तिनले यस वर्ष कोभिडको नियमलाई पालन गरेर साधरण रूपमा सोनाम ल्होसार पर्व पालन गरेको बताए।


आउँदो पूर्णेको दिनसम्म सोनाम ल्होसार पालन गरिने तिनले जानकारी गराउँदै अन्तिम दिन चेलीहरूको घरमा माइती पुगेर पानी खाने अनि आशिर्वाद ग्रहण गर्ने परम्परा रहेको बताए। सोनाम ल्होसारको अवसरमा योञ्जनले अखिल भारतीय तामाङ बौद्ध सङ्घ केन्द्रीय समितिको पक्षबाट सम्पूर्ण तामाङ समुदायलाई शुभकामना पनि दिएका छन्। आज मिरिकको थर्बु निगाले गाँउमा योञ्जन परिवारले समूहमा भेला भएर सोनाम ल्होसार पालन गर्दै आफुभन्दा ठुलाहरूबाट आशिर्वाद ग्रहण गरे। यस अवसरमा डम्फू नृत्य लगायत अन्य कार्यक्रमहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *