सिलगढी (निसं): तमिलनाडुका एकजना व्यक्तिको ब्याङ्क खाताबाट लाखौं रुपियाँ ठगेको आरोपमा पुलिसले बाघडुग्राबाट 2 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा तपन दास उर्फ आशिष चौधरी (21) र जगदीश उर्फ पार्थ सरकार(36) सामेल छन्। आशिष चौधरी बाघडुग्रा अनि पार्थ सरकार चोपड़ा निवासी रहेको बताइएको छ। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि विस्तृत जाँचको लागि तीन दिनको ट्रान्जिट रिमान्डमा लिएर चेंगलपट्टू जिल्लाको साइबर क्राइ टीम तमिलनाडु प्रस्थान गरेको छ।
तमिलनाडु पुलिस सूत्रले दिएको जानकारी अनुसार लगभग 5 महिना अघि टीआर विजय कुमार नामक एकजना व्यक्तिले तमिलनाडुको चेंगलपट्टू जिल्लाको साइबर क्राइममा ठगीका एउटा मामिला दर्ता गरेका थिए। पीडित अनुसार पहिला तिनलाई अज्ञात नम्बरबाट कल गरेर मोबाइलमा एउटा लिङ्क पठाए। यसपछि उक्त लिङ्क खोल्न साथ तिनको ब्याङ्क खाताबाट 11 लाख 50 हजार रूपियाँ गायब भयो। अर्कोतिर, अभियोगको आधारमा जाँचमा जुटेको चेंगलपट्टू जिल्लाको साइबर क्राइम टीमले पहिला एकजना व्यक्तिलाई पक्राउ गऱ्यो। यसपछि तिनलाई सोधखोज गरेपछि सिलगढी संलग्न बाघडुग्राबाट आशिष चौधरी र पार्थ सरकारलाई पक्राउ गरेको छ।