तामिलनाडुको कुन्नुरमा भएको सेनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने हवल्दार सतपल राईको शव भोलि पैतृक गाउँ ल्याइपुर्‍याउने

तकदाह : भारतीय सेनाको हिजो भएको हेलिकप्टर दुर्घटनामा मर्नेहरूमा दार्जिलिङ जिल्लाको तकदाह चियाकमानको ग्लेनबर्न निवासी हवल्दार सतपल राई पनि सामेल थिए। तामिलनाडुको कुन्नुरमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा भारतीय सेनाको सीडीएस प्रमुख विपिन रावतको मृत्यु भएको छ। उक्त हेलिकप्टरमा सवार सीडीएस प्रमुख रावतको धर्मपत्नी, तिनको निजी अंगरक्षक दार्जिलिङ जिल्ला अन्तर्गत तकदाह-ग्लेनबर्न समष्टिका मानेडाँडास्थित कटुसे गाउँ निवासी सतपाल राईको पनि दुर्घटनामा मृत्यु भएको  छ। 


हवल्दार सतपालको मृत्युको खबरले परिवारका सदस्यहरू लगायत तकदाह-ग्लेनबर्न समष्टिमा शोकको लहर छाएको छ। हवल्दार स्व. सतपाल राईको पार्थिव शरीर भोलि  शुक्रबार तिनको पैतृक गाउँ मानेडाँडा कटुसेमा ल्याई पुर्‍याउने जानकारी प्राप्त भएको छ। शहीद हवल्दार सतपाल राईले आफूपछि आमा, स्वास्नी अनि छोरा र छोरी छाडेर गएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *