तामिलनाडु महिला फुटबल लीग जितेर फर्किएकी खरसाङ सिविटारका खेलाडी सबनम राईलाई सम्मान

खरसाङ : चेन्नईको सेतु एफसीबाट खेलेर तामिलनाडु महिला फुटबल लीग जितेर आएकी खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीकी छोरी सबनम राईलाई तिनको गाउँ सिविटारमा सम्मान जनाइयो। सिविटारको शिवखोला निवासी गुहे राईकी छोरी सबनम राई केही समय अघि चेन्नईमा गएर तामिलनाडु महिला फुटबल लीग खेलेका थिइन्। तामिलनाडु महिला लीग फुटबल प्रतियोगिता चेन्नईको सेतु एफसीबाट खेल्दै तिनले आफ्नो टोलीको जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। यो उपलब्धिको लागि तिनलाई सिविटार तितिरी गाउँको युथद्वारा खदार्पणसहित प्रशंसा पत्र प्रदान गरेर सम्मान जनाइयो। उक्त प्रतियोगितामा अंश ग्रहण गर्न पहाड़बाट सबनमसहित 3 जना महिला खेलाड़ीहरू खरसाङ फुटबल एसोसिएशनको सहयोगमा चेन्नई फुटबल खेल्न गएका थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *