तामिलनाडुमा जबरजस्ती धर्म परिवर्तन गरेको घटनाको प्रतिवादमा सिलगढीमा एबीभीपी-द्वारा विक्षोभ

सिलगढी : तामिलनाडुमा जबरजस्ती धर्म परिवर्तन गरेकोमा तथा लावण्यालाई न्याय दिलाउने मागमा एबीभीपी-ले लगातार आन्दोलन गरिरहेको छ। यसै क्रममा यता सिलगढीमा पनि एबीभीपी-का सदस्यहरूले आज महात्मा गाँधी मोडमा विक्षोभ प्रदर्शन गर्नको साथै तामिलनाडुको मुख्यमन्त्रीको पुतला दहन गरे। यस विषयमा एबीभीपीको कार्यकारिणी समितिका सदस्य विराज विश्वाले भने, तामिलनाडुमा 17 वर्षीय लावाण्यालाई जबरजस्ती धर्म परिवर्तन गराएकोले गर्दा तिनले आत्महत्या गरिन्। यस प्रकारको घटना दिन प्रतिदिन बढ्दै गइरहेकोले यसलाई बन्द गर्न अखिल भारतीय विद्यार्थी परिषदले लगातार आन्दोलन गरिरहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *