तमिलनाडुमा प्रथमपल्ट कोरोनाले एकजनाको मृत्यु

नयाँ दिल्ली : तमिलनाडुमा कोरोना भाइरसले आज पहिलो पल्ट एकजनाको मृत्यु भएको छ।  प्राप्त जानकारी अनुसार कोरोना भाइरसले संक्रमित एकजना 54 वर्षीय व्यक्तिको आज बिहान उपचाराधिन अवस्थामा अस्पतालमै मृत्यु भएको छ। तमिलनाडुमा कोरोना भाइरसले मरेको यो पहिलो घटना हो।    स्वास्थ्य विभाग सूत्रले दिएको जानकारी अनुसार मदुरई निवासी 54 वर्षीय एकजना व्याक्तिको गत दुई दिन अघिदेखि उपचार चलिरहेको थियो। तिनलाई डायबेटिजको साथै हाइपरटेन्शन पनि थियो। तिनको स्वास्थ्य लगातार बिग्रिरहेको थियो भने तिनको आज बिहानै त्यु भयो। स्मरण रहोस, देशभरिमा कोरोना भाइरसले संक्रमण हुनेहरूको संख्या हालसम्म 560 पुगिसकेको पुष्टी भएको छ भने तीमध्ये 11 जनाको मृत्यु भइसकेको छ, 46 जना निको भइसकेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *