तामसाङ चियाबारीमा धानखेतीको पार्क, पर्यटन स्थल र वनभोज स्थलको विधिवत उद्घाटन

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्ड विकास अन्तर्गत सबै ग्राम पञ्चायत क्षेत्रमा मनेरेगा एवम् अन्य विभागीय कोषमार्फत विकास कार्यहरू सञ्चालन भइरहेको छ। बीडीओ सामिरूल इस्लाम, जोइन्ट बीडीओ नुरपन्दी लेप्चा, खण्ड बिकास कार्यालयका कर्मचारी तथा परमागढ़ी तामसाङ ग्राम पञ्चायतको संयुक्त तत्वावधानमा तामसाङ चियाबारीस्थित धानखेतीमा पार्क, पर्यटन स्थल अनि वनभोज स्थलको विधिवत उद्घाटन गरियो । जोरबङ्गलो सुकेपोखरी खण्ड विकास कार्यालय अनि ग्राम पञ्चायतद्वारा ग्राम संसद 9 तामसाङ चिया बगानको खेल मैदान मनेरेगा योजनाबाट आधुनिकीकरण गरेपछि बीडीओ-ले यसको विधिवत् उद्घाटन गरेपछि जनसाधारणलाई समर्पित गरे।


यस अवसरमा जोइन्ट बीडीओ नुरपन्दी लेप्चा, आपदा प्रबन्धन अधिकारी सन्देश तामाङ, ऐपीओ टी छिरिङ, कार्यालयका सह अभियन्ता छिरिङ वाङदी शेर्पा, सागर दियाली, फुर्बा छिरिङ शेर्पा लगायत ग्राम पञ्चायत सचिव शरद योञ्जन आदि उपस्थित थिए। मनेरेगा योजना 2021-22 मार्फत मोठ 9 लाख रूपियाँको लागतमा बनिएको उक्त पार्कले ग्रामीण पर्यटन विकाशमा थप बल पुग्ने सम्भावना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *