ट्याङ्कीको निर्माण गरे तापनि पिउने पानीको आपूर्ति ठप्प, राजगञ्जको बादलागछका गाउँलेहरूद्वारा क्षोभ प्रकट

राजगञ्ज : पिउने पानीको आपूर्ति गर्नको लागि ग्राम पञ्चायतको तर्फबाट पानीको ट्याङ्की निर्माण गरे तापनि हालसम्म पानीको सर्वराह गरिएको छैन। यसैले आज राजगञ्जको माझियाली ग्राम पञ्चायतको बादलागछ गाउँका मानिसहरूले क्षोभ प्रकट गरे। माझियाली ग्राम पञ्चायतको मगरशोभा, मदेमदेमा, बादलागछ, धुन्दागछ र गोडमोटागछ गाउँमा शुद्ध पिउने पानीको कुनै व्यवस्था छैन। यहाँका मानिसहरूले केवल कुवाको पानी पिउने गर्दछन्। धेरै समय अघिदेखि बादलागछ इलाकाका मानिसहरूले पिउने पानीको व्यवस्था गरिदिने माग गरेपछि लगभग एक वर्ष अघि ग्राम पञ्चायतको तर्फबाट इलाकामा एउटा पानीको ट्याङ्की बनाएको थियो। तर पानीको ट्याङ्की बनाए तापनि हालसम्म पिउने पानीको व्यवस्था नगरेपछि गाउँलेहरूले आज क्षोभ प्रकट गरेको बताइएको छ। स्थानीय आइसानुल आलमले बताएअनुसार पानीको ट्याङ्की बनाएपछि पिउने पानीको समस्याको समाधान हुनेछ भन्ने आफूहरूले सोचेका थियौँ। तर एक सप्ताहसम्म पिउने पानीको सर्वराह गरेपछि यसलाई किन बन्द गरियो भन्नेबारे बुझ्न नसकेको तिनले बताए। स्थानीय पञ्चायत सदस्य सुभाष रायले उक्त घटनालाई स्वीकार गर्दै भने, ग्राम पञ्चायत परियोजना शुरू गर्ने प्रयास गरिरहेका छौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *