तराई डुवर्स क्षेत्रका अब किराँत खम्बु राई समुदायको विकास हुने: दीपराज राई

मिरिक: दार्जीलिङ पहाड पछि अब तराई डुवर्स क्षेत्रका किराँत खम्बु राई समुदायको बिकासको निम्ति पश्चिम बङ्गाल खम्बु राई बिकास एवं संस्कृतिक बोर्डले प्रतिबद्धताको साथमा कार्य गर्ने बिकास बोर्ड अध्यक्ष दीपराज राईले बताएका छन्। तिनले विगत 4 फरवरीको दिन बाघडुग्रामा बसेको सम्पूर्ण बिकास बोर्डको महत्त्वपूर्ण सभामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको दिशानिर्देशलाई शिरोपर गर्दै सबै बिकास बोर्डले तराई डुवर्स क्षेत्रमा कार्यगति अघि बढाएको फलस्वरूप नै खम्बु राई बिकास एवम् संस्कृतिक बोर्डका चेयरमेन दीपराज राईले हिजो डुवर्सको भारत-भोटाङ सीमावर्ती गाउँ जयगाउँको खोखला बस्ती गोर्खा भवन गोबरज्योति खेल मैदानमा सम्पन्न साकेला येलेदाङ 5081 समारोहमा मुख्य अतिथिको रूपमा सहभागीता जनाउँदै स्थानीय खम्बु समुदायसित बिशेष कुराकानी गरेका थिए।


डुवर्स खम्बु राई सांस्कृतिक एवम् साहित्य संस्था केन्द्रिय समितिको आयोजनामा तथा केन्द्रिय सचिव प्रशान्त थुलुङको नेतृत्वमा सम्पन्न भएको समारोहलाई तिनले सम्बोधन गर्दै किराँत समुदायको संस्कार तथा संस्कृतिको सम्बर्द्धन अनि प्रबर्द्धनको पक्षमा आफू लागि परेको बताए। यसको साथै डुवर्स क्षेत्रका किराँत खम्बु राई समुदायले आफ्नो जातीय संस्कार संस्कृतिको जगेरा गर्न सकेकोमा तिनले खुशी व्यक्त गरे। आफ्नो सम्बोधनमा तिनले सामाजिक अनि संस्कृतिक हितमा भविष्यमा प्रतिबद्धताको साथमा काम गर्ने वचन दिए। तिनले तराई डुवर्स क्षेत्रका खम्बु समुदायको आङमा घाम लाग्ने समय आएको तथा मुख्यमन्त्रीको आशीर्वाद अनि कृपादृष्टि पर्ने आशा व्यक्त गरे। तराई- डुवर्स क्षेत्रका 38 शाखाका सम्पुर्ण खम्बु समुदायको व्यापक सहभागीता रहेको उक्त समारोहमा आफ्नो जातिको संरक्षण अनि समर्पण गरे फलस्वरूप आयोजक समितिद्वारा बोर्ड चेयरमेन दीपराज राईलाई भब्य सम्बर्द्धना पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *