तराई डुवर्सका चियाकमानहरूमा 20 प्रतिशतले बोनस दिइने

सिलगढी : चियाश्रमिक संगठनका प्रतिनिधिहरू अनि चियाकमान मालिक पक्षमाझ भएको भर्चुअल मीटिङ लगभग आधा घण्टा चलेपछि अन्तमा हिजो तराई अनि डुवर्स क्षेत्रका चियाकमानहरूमा 20 प्रतिशतको दरले पुजा बोनस (2019-20) प्रदान गरिने निर्णय लिएको छ। उक्त निर्णयले तराई डुवर्सका चियाश्रमिकहरूमा खुशीको माहौल छाएको छ। यसैगरी, पहाडका विभिन्न चियाकमानहरूको दसैँको बोनसलाई लिएर आज दार्जिलिङमा बैठक गरिने भएको छ। दार्जिलिङको चियाकमानहरूमा पनि 20 प्रतिशतकै दरले बोनस दिनुपर्ने मागमा श्रमिक संगठनहरू अडिग रहने बताइएको छ। श्रमिक संगठनका नेता समन पाठकले दिएको जानकारीअनुसार गत 15 सेप्टेम्बरमा बोनसलाई लिएर सभा सम्पन्न भए तापनि कुनै चुडान्त निर्णय नभएपछि हिजो 11 बजीदेखि भर्चुअल मीटिङ मार्फत् लामो तर्क-वितर्कपछि तराई र डुवर्सको बोनस 20 प्रतिशतले प्रदान गरिने अन्तिम निर्णय लिएको छ। उक्त बोनस पुजाभन्दा अगावै आउँदो 7 अक्टोबर 2020 सम्ममा तराई डुवर्सका सबै चियाकमानहरूमा वितरण गरिनेबारे निर्णय लिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *