तराईको बेलगाछीमा 60 घर बिमल खेमामा सामेल

मिरिक :  पानीघट्टा तराई क्षेत्रमा गोजमुमो दुई छोडेर गोजमुमो बिमल खेमामा सामेल हुने क्रम शुरू भएको छ। यसै क्रममा आज तराईको बेलगाछीमा कैलाश नायक र सुरज सूर्यको नेतृत्वमा गोजमुमो दुईबाट 60 घर बिमल खेमामा सामेल भएका छन्। कैलाश नायकको सभापतित्वमा सम्पन्न सभामा रमेश श्रेष्ठ, शरण थापा, गौरी खनाल, सन्तोष रसाईली, विक्रम छेत्री आदिको उपस्थिति रहेको थियो। सामेल हुनेहरूलाई रमेश श्रेष्ठ, शरण थापा, सन्तोष रसाईलीले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *