तराईको विभिन्न ठाउँहरूमा पनि शहीद दिवस पालन

मिरिक : पानीघट्टा, निरपानी, च्यागाँ बस्ती, लङ्ग भ्यु आदि ठाउँहरूमा पनि आज शहीद दिवस पालन गरियो। यस अवसरमा विगत गोर्खाल्याण्ड आन्दोलन कालमा शहीद भएकाहरूलाई स्मरण गर्दै तिनीहरूको प्रतिकृतिमा फुलमाला चढाउनको साथै तिनीहरूलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरियो।


मिरिक महकुमाको सांगठनिक सचिव नौराज छेत्रीले उक्त शहीद दिवस कार्यक्रममा अब मिरिक महकुमाको तराई क्षेत्रको निम्ति पनि अलग्गै पानीघट्टामा खण्ड विकास कार्यालय स्थापना हुनेबारे मत व्यक्त गरे। गोजमुमो केन्द्रीय सदस्य बिन्द्र कुमार प्रधान, मिरिक महकुमा साङ्गठनिक सचिव नवराज छेत्री अनि सुकना पानीघट्टा समष्टिका नेतृत्ववृन्दले पनि आज शहीदहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *