तराईको छुट्टै ब्लक गठनबारे गोजमुमो सुकना पानीघट्टाको सभा

मिरिक: गोजमुमो सुकना पानीघट्टा समष्टीले पनि तराईलाई लिएर छुट्टै ब्लक गठन कमिटी तयार गरेर पार्टीगत रुपमा पहल शुरु गर्ने भएको छ। अलग ब्लक गठनलाई लिएर आइतबार गोजमुमो सुकना पानीघट्टा समष्टीले एउटा सभा सम्पन्न गर्यो । सभामा पार्टीगत रुपले ब्ल्क निर्माण समिति गठन गरेर पहल अघि बढाउने भएको छ । सभापछि गोजमुमो दुइ केन्द्रीय समिति सदस्य बिन्द्र कुमार प्रधानले यसबारे जानकारी दिँदै तराईलाई लिएर अलग खण्ड विकास कार्यालय गठनको माग लिएर एउटा ब्लक निर्माण समिति गठन भइसकेको बताए। गोजमुमो सुकना पानीघट्टा समष्टीले पनि पार्टीगतरुपमा ब्ल्क निर्माण समिति गठनलाई लिएर अग्रसर हुने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *