तराईको निरपानीमा जमीनको समस्या समाधान गर्न शिविरको आयोजना गरिने

मिरिक : मिरिक महकुमा अन्तर्गत तराईको निरपानी (जीटीए क्षेत्र)-को जमीन समस्या समाधान गर्ने उद्देश्य लिएर आगामी एक दिसम्बरदेखि शिविरको आयोजना गरिने भएको छ। अब निरपानीवासीहरूको घर, जग्गा जमिनको समस्या समाधान हुने निश्चित भएको छ। गोर्खा जनमुक्ति नारी मोर्चा दुई नेत्री छिरिङ दाहाल अनि मिरिक महकुमा समितिका साङ्गठनिक सचिव नवराज छेत्रीले मिरिक बीएलआरओसित आज भेट गरेर यस विषयबारे कुराकानी गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *