तराईको निरपानीमा गोरामुमो-द्वारा पोस्टरिङ

दार्जिलिङ : गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङको निर्देशमा आज पहाड, तराई र डुवर्सभरि गोरामुमो समर्थकहरुद्वारा पोस्टरिङ गरिने कार्यक्रमको अनुरूप तराई गोरामुमोले निरपानीमा व्यापक पोस्टरिङ गर्यो। आजको पोस्टरिङ कार्यक्रममा केन्द्रीय सदस्य सचित गहतराज, मिरिक ब्रान्च सचिव बुद्ध तामाङ, समष्टि सभापति कर्ण प्रधान, सह-सचिव दिपेन लोहार, निरपानी शाखा सभापति काजी शर्मा, पानीघट्टा शाखा सचिव अमर लामा, सल्लाहकार अमृत मुखिया, गोरायुमो सभापति राजेन प्रधान, कटहरे सभापति सन्तोष बम्जन, निरपानी गोरायुमो सभापति हरि कोइराला, कटहरे गोरायुमो सभापति संजय तामाङ, सचिव विवेक छेत्री, तराइ गोरामुमो मिडिया सेल प्रभारी राजकुमार लगायत तराई गोरायुमोका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *