टर्जम चियाबारीका 3 जना कोरोना संक्रमित

सुकेपोखरी : दार्जिलिङ जिल्लाको जोरबङलो सुकेपोखरी खण्डको टर्जम चियाबारीमा तीनजना कोरोना पोजेटिभ भएको थाहा लागेको छ। टर्जम चियाबारीका 54 वर्षीय व्यक्ति, सेवाग्रामका 48 वर्षीय व्यक्ति र 55 हट्टाकी 28 वर्षीय एउटी महिला कोरोना संक्रमित भएको स्वास्थ्य विभागले जानकारी दिएको छ। तिनीहरूको स्वास्थ्य जाँच गरेपछि 14 दिनको लागि एकान्तवासमा राखिएको छ भने तिनीहरूलाई दस दिनको औषधि उपलब्ध गराइएको छ। यसको साथै उक्त औषधिले कुनै काम नगरेको खण्डमा तुरून्तै विशेषज्ञसित सम्पर्क गर्ने निर्देश दिइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *