टर्जम चियाबारीमा गाउँको सेनिटाइज

सुकेपोखरी : अनुज्ञालय परिवर्तन चिल्ड्रेन क्लब टर्जम चियाबारी मगर गाउँद्वारा आफ्नो गाउँ परिसरमा सेनिटाइज गरियो । यस चिल्ड्रेन क्लबले आफ्नो गाउँलगायत सङ्लग्न क्षेत्रमा सेनिटाइज गरेको यो तेस्रो पल्ट हो । क्लबका सभापति ज्यास्मिन राई, उपसभापति सर्वश्री मुखिया तथा अन्यले कोविड-19 को महामारीबाट गाउँ-घरलाई बचाउन निम्ति नियमित रूपमा सेनिटाइज गर्दै आइरहेका छन्। यस सेनिटाइज अभियानमा भीसी मेम्बर सुषमा राई, श्रद्धा राई थापा, समाज सभापति एमके थापा आदिले विशेष सहयोग पुऱ्याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *