तार खोलामा निर्माणाधीन पुल भत्किँदा 5 जना श्रमिक घाइते

रम्बी (निसं): दक्षिण सिक्किमको थलथलेस्थित तार खोलामा एनएचपीसीद्वारा निर्माणाधिन अवस्थामा रहेको पुल आज भत्किएको जान्नमा आएको छ। पुल भत्किँदा 5 जना श्रमिक घाइते भएका छन्। घाइते श्रमिकहरूलाई तत्कालै उद्धार गरेर कालेबुङ जिल्ला अस्पतालमा पुऱ्याइएको छ भने हाल तिनीहरूको उपचार चलिरहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत टिस्टा नदीमा आएको बाढले ब्रीज भत्किएपछि एनएचपीसी-को पहलमा तारखोलामा ब्रिजको निर्माण कार्य भइरहेको थियो भने काम सकेपछि आज उक्त पुलको उद्घाटन गरिने कार्यक्रम रहेको थियो तर अभाग्यवश आज नै उक्त पुल भत्किएको खबर छ, जसमा 5 जना श्रमिक घाइते भएका छन्। घाइतेहरूमध्ये एकजनाको टाउँकोमा गम्भीर चोट लागेकोले गर्दा तिनको अवस्था सिकिस्त रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *