तारपोलिनको लागि खरसाङ नगरपालिकामा नभएर महकुमा शासक कार्यालयसित सम्पर्क गरिदिने अपील

खरसाङ: यसपाली छिट्टै वर्षाको समय शुरु भएको भन्दै खरसाङ नगरपालिकाले प्राकृतिक आपदाको लागि चाहिने तारपोलिनहरू खरसाङ महकुमा कार्यालयमा माग गर्दा पहिलेबाटै क-कसकोमा आपदा परेको छ सबैको नाम पठाउनु पर्ने भएको साथै नगरपालिका क्षेत्रमा आपदा आएको खण्डमा नगरपालिका समक्ष नगएर सोझै खरसाङ महकुमा कार्यालयमा सम्पर्क गर्ने भनिएको छ। आज खरसाङ नगरपालिका चेयरम्यान कृष्ण लिम्बु र नगरपालिकाको डिजास्टर म्यानेजमेन्ट कमिटीद्वारा पत्रकारहरूसित कुराकानी गर्दै यस विषयमा जानकारी गराइएको छ । चेयरम्यान कृष्ण लिम्बुले यसपाली वर्षा छिट्टै लाग्यो र नगरपालिका क्षेत्रमा रहेका मानिसहरूको सुविधाको लागि प्राकृतिक आपदासित जुझ्नलाई महकुमा शासक कार्यालयबाट सहयोग माग्दै तारपोलिनहरू निवेदन गरेका थियौं तर यसपाली आपदा कसको आउँछ नाम लिस्ट दिनु पर्ने हुनाले यसपाली नगरपालिकाको 1 देखि 20 नम्बर वार्डकाहरूले तारपोलिनको लागि नगरपालिकासित होइन तर सोझै महकुमा शासक कार्यलायसित सम्पर्क गरिदिने निवेदन गरेका छन्। त्यसरी नै नगरपालिका डिजास्टर कमिटीका पदाधिकारीहरूले पनि जानकारी गराउँदै यसपाली हामीले महकुमा शासक कार्यालयमा 500 वटा तारपोलिन निवेदन गरेका थियौं तर सबैको पहिलेबाटै नाम दिनु पर्ने भनिएकोले हामी आपदा नआई सबैको नाम कसरी दिनु सक्छौं भन्दै हामीले निर्णय गरेका छौं कि यसपाली नगरपालिका क्षेत्रमा कसैकोमा आपदा आए नगरपालिकामा केही छैन अनि कसैलाई चाहिए सोझै महकुमा शासक कार्यालयमा सम्पर्क गरिदिने निवेदन गर्दछौं भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *