तसाटी चियाकमानमा खोरमा फँस्यो चितुवा

अलिपुरद्वार (निसं): अलिपुरद्वार जिल्लाको तसाटी चियाकमानमा वन विभागद्वारा थापेको खोरमा एकपल्ट फेरि वयस्क चितुवा फँसेको छ। गत शनिबार राति पनि एउटा चितुवा खोरमा फँसेको थियो भने आज बिहान पुनः एउटा वयस्क चितुवा फँसेको छ। आज बिहान श्रमिकहरूले खोरमा चितुवा फँसेको देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर जलदापाडा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवालाई उद्धार गरेर दक्षिण खयेरबारी चितुवा पुनर्वास केन्द्रमा लगेको बताइएको छ। वन विभागद्वारा थापेको खोरमा 2 वटा चितुवा फँसेपछि तसाटी चियाकमानको श्रमिक महोल्ला निवासीहरूले राहतको श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *