तस्करी गरिरहेको 20 वटा गाई जफत, तीनजना पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा घोषपुकुरमा पुलिसले अभियान चलाएर तस्करी गर्न लगिरहेको 20 वटा गाई-गोरू उद्धार गरेको छ। यसको साथै तीन जनालाई पक्राउ गरेको छ।   पक्रा पर्नेहरूमा खुर्शीद अन्सारी, एमडी अजीम र एमडी जुबेर आलम सामेल छन्। प्राप्त जानकारी अनुसार पुलिसले घोषपुकुर गाँधी मोड़ इलाकामा अभियान चलाएर एउटा पिकअप भ्यान रोकेर छानबिन गर्दा 20 वटा गाई-गोरूहरू उद्धार गरेको छ। पुलिसले पिकअप भ्यानलाई समेत जफत गरेको छ। पुलिसले पक्रा परेका आरोपीहरूसित सोधखोज गर्दा तिनीहरूले यी गाई-गोरूहरू तस्करीको लागि लगिरहेको कुरा बताए। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *