तस्करी गर्न अगावै लाखौं रूपियाँको फेन्सिडिल उद्धार, चालक पक्राउ

कुचबिहार: कुचबिहार कोतवाली पुलिसले अधिक मात्रामा फेन्सिडिल सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। मंगलवार देर रात को गोप्य सूत्रको आधारमा गत राति कुचबिहार कोतवाली पुलिस र कुचबिहार जिल्ला पुलिसको क्राइम ब्राञ्चले संयुक्त अभियान चलाएर कुचबिहारको धुलाबारी इलाकाबाट उत्तर प्रदेशको नम्बर प्लेट भएको एउटा ट्रक जफत गर्नको साथै ट्रकबाट लगभग 21 हजार बोतल फेन्सिडिल पनि उद्धार गरेको छ। यसको अनुमानित बजार मूल्य 42 लाख रूपियाँ रहेको बताइएको छ। पुलिसले यस घटनामा ट्रक चालक अनिल कुमार यादवलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार ट्रक बनारसदेखि दिनहाटा तर्फ गइरहेको थियो भने पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *