तस्करी गर्न अगावै क्रूड हेरोइन सहित 3 जना पक्राउ

राजगञ्ज : एसटीएफले क्रूड हेरोइन सहित 3 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा हुगली जिल्लाको चुचुरा निवासी लिटन पाल, नदिया जिल्ला अन्तर्गत राणाघाट निवासी  नुरुद्दीन दफादार र देवाशीष दास सामेल छन्। प्राप्त जानकारी अनुसार स्पेसल टास्क फोर्स (एसटीएफ)-ले गोप्य सूचनाको आधारमा हिजो साँझ बन्धुनगर इलाकाको राष्ट्रिय राजमार्गमा एउटा वाहनलाई रोकेर छानबीन गर्दा 2 केजी 316 ग्राम क्रूड हेरोइन उद्धार गरेको बताइएको छ। उक्त हेरोइन अलिपुरद्वारबाट चुनसुरातर्फ लगिरहेको थियो। एसटीएफले पक्राउ गरेको 3 जना तस्करलाई आमबारी फालाकाटा आउटपोस्ट पुलिसलाई सुम्पिदिएपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *