तस्करी गर्न अगावै तीन वटा गाई-गोरू सहित 2 जना पक्राउ

नक्सलबारी (निसं): तस्करी गर्न अगावै तीन वटा गाई-गोरू सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद रज्जाक र मोहम्मद परवेज सामेल छन्। प्राप्त जानकारी अनुसार यी दुई जना तस्करले एउटा पिकअप भ्यानमा 3 वटा गाई-गोरू लिएर गइरहेको खबर पाएपछि पुलिसले नक्सलबारीको धूलिया मोडमा पिकअप भ्यानलाई रोक्यो। यसपछि पुलिसलाई तिनीहरूले ती गाई-गोरूहरूको वैध कागज-पत्र देखाउन नसकेपछि दुवै जनालाई पक्राउ गरेको बताएको छ। आरोपीहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो।  नक्सलबारी पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *