तस्करी गर्न अगावै 24 वटा भैँसी सहित 2 जना पक्राउ

विधाननगर : बङ्ग्लादेशमा तस्करी गर्न अगावै विधान नगर थाना पुलिसले 24 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।  पक्रा परेकाहरूमा क्रमैले विशाल कुमार यादव (22) र गुड्डु अनसारी (32) सामेल छन्।

प्राप्त जानकारीअनुसार बिहारबाट बङ्ग्लादेशमा भैँसी तस्करी गर्न अगावै विधान नगर थाना पुलिसले आज मुरलीगञ्ज चेकपोस्ट र विधाननगर पेट्रोल पम्पमा दुईवटा ट्रकलाई रोकेर छानबीन गर्दा 24 वटा भैँसी उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले दुईजना तस्करलाई पक्राउ गरेको छ। उक्त घटनामा अन्य संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes