तस्करी गर्न अगावै 2 वटा ट्रकबाट 1 करोड़ रुपियाँ मूल्यको बर्मा काठ उद्धार

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले तस्करी गर्न अगावै 2 वटा ट्रकबाट लगभग 1 करोड़ रुपियाँ मूल्यको बर्मा काठ उद्धार गरेको छ भने घटनामा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति दिल्ली निवासी रशिद खानको रूपमा चिन्हित गरिएको छ। बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा आज बिहान वनकर्मीहरूले सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको जलपाईगढी संलग्न दसदरगा इलाकामा अभियान चलाएर 2 वटा ट्रकबाट बर्मा काठ उद्धार गरेको बताइएको छ।


उक्त मामिलामा एकजना चालकलाई पक्राउ गरे तापनि अन्य एकजना चालकले सुइँकुच्चा ठोके। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर लगभग 1 करोड़ रुपियाँ मूल्यको बर्मा काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। जफत गरेको उक्त काठ कोइलाको बोराको आडमा तस्करी गरिरहेको थियो भने उक्त काठ असमबाट गुड़गाउँ लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई भोलि आइतबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *