तस्करी गर्न अगावै 300 वटा सुङ्गुर उद्धार, 4 जना पक्राउ

फाँसीदेवा : तस्करी गर्न अगावै पुलिसले 3 सयवटा सुङ्गुर सहित 4 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सेन्हलीराजा (40), हाजामाइदेन के (58), तापस राय (32) र शम्भू दास (42) सामेल छन्। गोप्य सूचनाको आधारमा फाँसीदेवाको विधाननगर जाँच केन्द्रका पुलिसले मुरलीगञ्ज चेकपोस्ट तथा सदरगछ इलाकामा अभियान चलाए। पुलिसले मुरलीगञ्ज चेकपोस्टमा ट्रक तथ कन्टेनरको छानबीन गर्दा 300 वटा सुङ्गुर उद्धार गरे। उक्त सुङ्गुरहरूको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले 4 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार ट्रकबाट 60 वटा र कन्टेनरबाट 240 वटा सुङ्गुर उद्धार गरेको हो। उक्त सुङ्गुरहरू असममा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *