तस्करी गर्न अगावै 64 वटा गाई-गोरू, भैँसी सहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले 64 वटा गाई-गोरू र भैँसी सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका तस्करहरू क्रमैले मोहम्मद महबुल, गङ्गा राय र मोहम्मद मकिम सामेल छन्। तिनीहरूमध्ये मोहम्मद महबुल र गङ्गा राय बिहार निवासी हुन् भने मोहम्मद मकिम उत्तर दिनाजपुर निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार बिहारबाट एउटा पिकअप भ्यान र दुईवटा ट्रकमा गाई-गोरू र भैँसी तस्करी गर्ने उद्देश्यले असमतर्फ लगिरहेको गोप्य सुइँको पाएपछि एनजेपी थाना पुलिसले सादा पोसाकमा हिजो फुलबारी टोल प्लाजामा अभियान चलाएर एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा 8 वटा गाई-गोरू उद्धार गर्नको साथै अन्य दुईवटा ट्रकबाट पनि 56 वटा भैँसी उद्धार गरेको बताइएको छ। यसको साथै 3 जना तस्करलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *