तस्करी गर्न अगावै 65 वटा भैँसी सहित 4 जना पक्राउ

विधाननगर : तस्करी गर्न अगावै 65 वटा भैँसी सहित 4 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तर दिनाजपुर जिल्लाको भालखोला निवासी दिलीप कर्मकार (24), मोहम्मद सुकुरूद्दिन (19), मोहम्मद रासिद (30) र मोहम्मद फरमान अली (22) सामेल छन्।


गोप्य सूचनाको धारमा विधाननगर थाना पुलिसले विधाननगरको मुरालिगञ्ज चेकपोस्टमा अभियान चलाएर 2 वटा कन्टेनरलाई रोकेर छानबीन गर्दा 65 वटा भैँसी उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार एउटा कन्टेनरबाट 35 वटा र अर्को कन्टेनरबाट 30 वटा गरेर मोठ 65 वटा भैँसी उद्धार गरेको छ। उद्धार गरेको भैँसी भालखोलादेखि बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *