तस्करी गर्न अगावै  80 सीएफटी सालको काठ जफत

अलिपुरद्वार : कामाख्यागढी मोबाइल रेञ्जका वनकर्मीहरूले तस्करी गर्न अगावै 80 सीएफटी सालको काठ उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार तस्करहरूले बक्सा जङ्गलबाट रुख काटेर नदीको बाटो काठ तस्करी गरिरहेको कामाख्यागढी मोबाइल रेञ्जका वनकर्मीहरूले गोप्य सुइँको पाएपछि कुमारग्राम ब्लकको काँची बजार इलाकाबाट उक्त तस्करहरूको पछि गरेर रायडाक रेल ब्रिज इलाकाबाट 80 सीएफटी काठ उद्धार गरेको बताइएको छ। तथापि, उक्त घटनामा कसैलाई पक्राउ गरिएको छ। यस सम्बन्धमा कामाख्यागढी मोबाइल रेञ्ज रेञ्जरले भने, लगभग 80 सीएफटी सालको काठ उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य लगभग 2 लाख 50 हजार रुपियाँ रहेको बताइएको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.