तस्करी गर्न अगावै 88 वटा गाई-गोरू, भैँसी सहित 5 जना पक्राउ

फाँसीदेवा : फाँसीदेवा थाना पुलिसले गाई-गोरू, भैँसी सहित 5 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा नौशाद अली, सुरेन्द्र यादव, मोहम्मद जुनेद, माजारूल हक र मोहम्मद वसीम अक्रम सामेल छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति फाँसीदेवा थाना पुलिसले फाँसीदेवामा नाका चेकिङ अवधि 3 वटा ट्रक रोकेर छानबीन गर्दा 88 वटा गाई-गोरू, भैँसी उद्धार गर्नको साथै 5 जना तस्करलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको गाई-गोरू, भैँसी बिहारबाट असममा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका 5 जना तस्करलाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्मरण रहोस्, गत बुधबार राति पनि 32 वटा भैँसी उद्धार गर्नको साथै भैँसी तस्करी गरेको आरोपमा पुलिस कन्सटेबल सहित 6 जना तस्करलाई पक्राउ गरेको थियो। यसपछि हिजो राति फेरि गाई-गोरू, भैँसी उद्धार गरेको घटनाले सनसनी फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.