तस्करी गर्न अगावै भैँसी सहित 2 जना पक्राउ

सिलगढी :  एनजेपी थाना पुलिसले फुलबारी मर्डर मोड इलाकाबाट 3 वटा भैँसी सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सराफत हुसेन र सफिकुर इस्लाम सामेल छन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले फुलबारी मर्डर मोर्ड इलाकामा एउटा वाहनलाई रोकेर छानबीन गर्दा 3 वटा भैँसी उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले दुईजना तस्करलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका दुईजना तस्कर धेरै दिन अघिदेखि विविध अवैध व्यवसायमा संलग्न रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *