तस्करी गर्न अगावै भर्ती ट्रक राशनको चामलसहित 4 जना पक्राउ

सिलगढी : तस्करी गर्न अगावै मतिगढा थाना पुलिसले हिजो अबेर राति भर्ती ट्रक राशनको चामल उद्धार गर्नको साथै 4 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले शनिबार अबेर राति मतिगढा एसियन हाइवेबाट राशनको चामल बोकेको एउटा ट्रक जफत गरेको छ।


यसको साथै ट्रक चालक, खलासी लगायत मोठ चारजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार एउटा ट्रकमा राशनको चामल भरेर अन्य राज्यमा लगिरहेको समय पुलिसले अभियान चलाएर चामल सहित 4 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *