नक्सलबारी : भारत-नेपाल सिमानामा गाई-गोरूको तस्करी जारी छ। नेपालबाट भारतमा गाई-गोरू तस्करी गर्न अगावै एसएसबी-का जवानहरूलाई देखेर दुईजना तस्करले घटनास्थलबाट सुइँकुच्चा ठोके। यो घटना नक्सलबारीको बडो मनिरामजोतको हो। एसएसबी 8औँ बटालियनका जवानहरूले सीमामा गश्ती लगाइरहेको समय 2 जना तस्करले गाई-गोरू नेपालबाट भारतमा ल्याउने प्रयास गरिरहेको देखे। तथापि, एसएसबीका जवानहरूलाई देखेर ती 2 जना तस्करले गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ भागेको बताइएको छ। एसएसबीका जवानहरूले 6 वटा गाई-गोरू उद्धार गरेर नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। नक्सलबारी पुलिसले घटनाको जाँच शुरू गरेको छ।