तस्करी गर्न अगावै गाई-गोरू सहित 2 जना पक्राउ

खोरीबारी : घोषपुकुर आउटपोस्ट पुलिसले तस्करी गर्न अगावै गाई-गोरू सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू नक्सलबारी निवासी विनय उराव (24) र मोहम्मद जाहगीर आलम (34) सामेल छन्। प्राप्त जानकारी अनुसार घोषपुकुर आउटपोस्ट पुलिसले हिजो खोरीबारीको चेङ्गा नदी संलग्न सडकमा अभियान चलाएर एउटा मालवाहक वाहनलाई रोकेर छानबीन गर्दा 6 वटा गाई-गोरू उद्धार गर्नको साथै दुईजना तस्करलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *