तस्करी गर्न अगावै गोरू, भैँसी र गाईको बाछा उद्धार, 3 जना पक्राउ

फाँसीदेवा : तस्करी गर्न अगावै पुलिसले 2 वटा ट्रकबाट 15 वटा गोरू, 15 वटा भैँसी, 10 वटा गाईको बाछा सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


प्राप्त जानकारी अनुसार गत राति फाँसीदेवाको विधाननगर थाना पुलिसले विधाननगरको मुरलीगञ्ज चेकपोस्ट अघि नाका चेकिङ अवधि 2 वटा ट्रकलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा गोरू, भैँसी र गाईको बाछा उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि 2 वटा ट्रकको चालक सहित एकजना खलासीलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *