तस्करी गर्न अगावै हरिणको छाला तथा पेन्गोलिनको खपेटा सहित 1 जना पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका वनकर्मीहरूले आज बिहानै अभियान चलाएर हरिणको छाला तथा पेन्गोलिनको खपेटा उद्धार गरेको छ। यसको साथै विष्णु जैन नाम गरेको एकजना तस्करलाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार आज बिहान 4 बजी असमको तेजपुरबाट 3 जना व्यक्तिले एउटा वाहनमा हरिणको छाला तथा पेन्गोलिनको खपेटा नेपाल तस्करी गर्ने उद्देश्य लिएर ल्याइरहेको गोप्य सुइँ पाएपछि वन कर्मीहरूले उदलाबारी बाइपास संलग्न इलाकामा अभियान चलाएर 155 सेन्टिमिटर हरिणको छाला तथा 2 किलो 100 ग्राम पेन्गोलिनको खपेटा उद्धार गरेको बताइएको छ।


यसको साथै एकजना तस्करलाई पक्राउ गरे तापनि अन्य दुईजना तस्करले घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। पक्रा परेका तस्करलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै वन विभागले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *