तस्करी गर्न अगावै हरिणको सिंग सहित एकजना पक्राउ

खोरीबारी : तस्करी गर्न अगावै घोषपुकुर वन विभागले हरिणको सिंग सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी महकुमा अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहार निवासी सन्तोष रायको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा घोषपुकुर वन विभागका वनकर्मीहरूले खोरीबारी बजारमा अभियान चलाएर हरिणको सिंगसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


घोषपुकुर वन विभागका रेञ्जर सोनम भुटियाले बताएअनुसार 2 लाख रुपियाँमा उक्त हरिणको सिंग मालबजारबाट बिहारमा तस्करी गर्ने योजना रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *