तस्करी गर्न अगावै कामाख्या क्यापिटल एक्सप्रेस ट्रेनबाट 3 वटा विलुप्त प्रजातिको टोक्के उद्धार

सिलगढी : तस्करी गर्न अगावै आरपीएफ र एनजेपी सीपीडीएस टीमले संयुक्त अभियान चलाएर सिलगढी  जङ्क्शन रेलवे स्टेशनमा रोकेर राखेको  कामाख्या क्यापिटल एक्सप्रेस ट्रेनबाट 3 वटा विलुप्त प्रजातिको टोक्के उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार हिजो अपरान्ह कामाख्या क्यापिटल एक्सप्रेस ट्रेन डाउन (13247)-मा रूटिङ चेकिङ अवधि आरपीएफ र एनजेपी सीपीडीएसको टीमले बगी नम्बर डी 1 भित्र एउटा संदिग्ध ब्याग देखेपछि छानबीन गर्दा 3 वटा टोक्के उद्धार भएको बताइएको छ। यसपछि आरपीएफले वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरो सिलगढी रिजनललाई घटनाबारे जानकारी गराए। घटनाको खबर पाएर वाइल्ड लाइफ कन्ट्रोल ब्युरोको टीम सिलगढी जङ्क्शन आरपीएफ कार्यालय पुगे। आरपीएफले उद्धार गरेको 3 वटा टोक्के वाइल्ड लाइफलाई सुम्पिदिएको बताइएको छ। अर्कोतिर, आरपीएफ इन्स्पेक्टर सुरेन्द्र सिंहले भने, सिलगढी जङ्क्शन जीआरपीको कन्स्टेबल दीङ्पकर मल्लिक र एनजेपी सीपीडीएस टीमको नरेश कुमार, सुजय दास, एस खान, एस बर्मन र एन कुमारको तत्परता टोक्के तस्करी गर्न अगावै उद्धार गरेको छ। यस प्रकारको विलुप्त प्रजातिको टोक्केको नेपाल, भुटान र चाइनामा धेरै माग रहेकोले केही मानिसहरूले यसको तस्करी गर्ने गर्दछन्। उद्धार गरेको 3 वटा टोक्केलाई वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोलाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes