तस्करी गर्न अगावै सालको काठ उद्धार

अलिपुरद्वार : तस्करी गर्न अगावै सालको लग (लट्ठा) उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार चोरी गरेको साल काठको लग एउटा मारूतीमा बोकेर अलिपुरद्वार जिल्लाको कुमारग्रामदेखि बारबिसातर्फ गइरहेको समय कुमारग्राम रोडमा गस्ती लगाइरहेको पुलिस भ्यान देखेपछि चालकले वाहन त्यहाँबाट भगाउने प्रयास गर्यो। तथापि, बारबिसा बटतलाको भलका रेञ्ज अघि पुगेपछि वाहनको पछिल्तिरको चक्का खोलिएपछि तस्करहरूले वाहन छोडेर सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि बारबिसा आउटपोस्ट पुलिसको सहयोगमा वन कर्मीहरूले उक्त काठ उद्धार गर्यो। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको काठको अनुमानित बजार मूल्य लगभग 75 हजार रुपियाँ आँकेको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *