तस्करी गर्न अगावै सालको काठसहित दुईजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा अभियान चलाएर सालुगढा रेञ्जका वन कर्मीहरूले चोरी गरेको सालको काठ उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू खोरीबारी इलाका निवासी अभिजीत दे सरकार र चार्जर कुजुर सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति सालुगढा एमपीपी 1 का रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले बेलाकोवाको मन्तादारी संलग्न इलाकामा अभियान चलाएर एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा चोरी गरेको सालको काठ उद्धार गरेको छ। पिकअप भ्यानमा उक्त सालको काठ तिरपलले छोपेर भुसको बोराको आडमा लुकाएर उदलाबारीबाट मेडिकल मोड़तर्फ गइरहेको थियो। जफत गरेको काठको अनुमानित बजार मूल्य 5 लाख रुपियाँ रहेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *